बीएसएफले सीमामा समायो १.३९ करोड़ रूपियाँको अमेरिकी डलर

कोलकाताः नदिया जिल्लाको भारत-बांग्लादेश सीमामा तैनात सीमा सुरक्षा बल (बीएसएफ) जवानहरूले १.३९ करोड़ रूपियाँ मूल्यको अमेरिकी डलर जफत गरेका छन्। यो एक लाख ६६ हजार ९०० अमेरिकी डलर हो। बुधवार राति जफत गरिएको यस मुद्राबारे बीएसएफले बिहिवार दिउँसो एक बयानमा यस विदेशी मुद्रालाई भारतदेखि बांग्लादेशमा तस्करीको प्रय़ास गरिरहेको बताइयो।

प्राप्त जानकारी अनुसार, बीएसएफको सीमा चौकी बेतईका तैनात जवानहरूलाई बीएसएफको गोप्य शाखाले विदेशी मुद्राको तस्करी भइरहेको खबर दियो। यसपछि संदिग्ध स्थानहरूको घेराबन्दी गरिएको थियो। जवानहरूलाई आफ्नो क्षेत्रमा जस्तै संदिग्ध गतिविधिहरूको आशंका भयो तब उनीहरूले तुरन्तै तस्करहरूलाई घेर्नु शुरू गरे।

जवानहरूलाई आफूतिर आएको देखेर तस्कर अन्धकार र घना कुइँरोको फायदा उठाएर भागे। क्षेत्रको गहन तलाशी लिँदा चार बन्डल भेटियो, जसलाई खोलेर हेर्दा त्यसबाट अमेरिकी डलर जफत गरियो। जवानहरूले तुरन्तै विदेशी मुद्रालाई अघिको कानूनी कारबाहीक निम्ति जफत गऱ्यो। जफत गरिएको अमेरिकी डलरलाई अघिको कानूनी कारबाहीको निम्ति छपरा कस्टम अफिसलाई सुम्पिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement