उज्ज्वल भारत, उज्ज्वल भविष्य पावर @२०४७-को साक्षी बन्यो पाकिम

पाकिम: आजादी का अमृत महोत्सव अन्तर्गत उज्ज्वल भारत, उज्ज्वल भविष्य पावर @२०४७-को आज पाकिम जिल्ला साक्षी बन्यो। राज्य निर्दिष्ट एजेन्सी, ऊर्जा विभाग, ऊर्जा दक्षता ब्यूरो, ऊर्जा मन्त्रालय, भारत सरकारको नेतृत्वमा आयोजित कार्यक्रम पाकिम सामुदायिक भवनमा सम्पन्न भयो। कार्यक्रममा रिनाकका विधायक विष्णुकुमार खतिवड़ा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किम राज्य व्यापार निगमका अध्यक्ष एवं विधायक विष्णुकुमार खतिवड़ाले पाकिम जिल्ला गठन भएकोमा खुशी व्यक्त गर्दै यसको विकास गर्न हामी सबैको जिम्मेवारी हो भन्ने मन्तव्य व्यक्त गरे। विद्युत विभागद्वारा गरिएको कार्यको सराहना गर्दै उनले यो कार्यलाई यसरी नै निरन्तरता दिनुपर्ने आह्वान गरे। रिनाकमा विद्युत विभागको पावर ग्रीड मरम्मति गर्न आवश्यक रहेको कुरा विभागलाई अवगत गराए। पाकिम जिल्लालाई राज्यकै शीर्ष जिल्ला बनाउन यहाँको सम्बन्धित विभाग अनि स्थानीयहरूको जिम्मेवारी रहेको विधायक खतिवड़ाले बताए।

अतिरिक्त मुख्य अभियन्ताले उज्ज्वल भारत, उज्ज्वल भविष्य साथै विभागका विविध कार्यबारे संक्षिप्तमा जानकारी गराए। आजादी का अमृत महोत्सवको अंशको रूपमा यो उत्सवलाई २५ जुलाईदेखि अगस्तसम्म आयोजना गरिनेछ। २०४७-सम्म उज्ज्वल भारत, उज्ज्वल भविष्य अभियानअन्तर्गत विद्युत क्षेत्रमा भइरहेको प्रमुख उपलब्धिहरूबारे उनले प्रकाश पारे। उनले राज्यका सम्पूर्ण घरमा १०० प्रतिशत विद्युतीकरणमाथि जोर दिए।

कार्यक्रममा पाकिमका जिल्लापाल टाशी छोपेल, सल्लाहकार छिरिङ भोटिया लगायत अन्यको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement