रक्षा कवचका लागि मन्त्री निशिथ प्रामानिकको निवेदन खारेज

2ec164d8-38d3-455a-a154-2e20912cbf3f

जलपाइगढी: कोलकाता उच्च अदालतको जलपाइगढी सर्किट बेन्चको डिभिजन बेन्चले गृह राज्यमन्त्री निशिथ प्रामानिकले दायर गरेको रक्षा कवचको याचिका खारेज गर्‍यो। २०१८ मा निशिथ प्रामानिकको आदेशमा कथित रूपमा कोचबिहारको दिनहाटामा एक व्यक्तिको गोली हानी हत्या गरिएको थियो। उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा पक्राउ पुर्जी पनि जारी भएको थियो । निशिथ प्रामानिकका वकिलले बिहीबार जलपाइगढी सर्किट बेन्चको डिभिजन बेन्चमा निशिथ प्रामाणिकको सुरक्षाको लागि निवेदन दायर गरेका थिए। जलपाइगढी सर्किट बेन्चका सहायक सरकारी वकिल अदिती शंकर चक्रवर्तीले भने कि डिभिजन बेन्चले रक्षा कवचको आवेदन अस्वीकार गरेको छ र अर्को सुनुवाईको मिति २२ जनवरी तोकिएको छ। सहायक सरकारी वकिल अदिती शंकर चक्रवर्तीले रक्षा कवचको निवेदन खारेज भएकाले पुलिसले चाहेमा निशिथ प्रामानिकलाई पक्राउ गर्न सक्ने बताइन् । बाइट: अदिती शंकर चक्रवर्ती (सहायक लोक अभियोजक, जलपाइगढी सर्किट बेन्च)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement