चियाकमान खुलाउने दाबीसँगै अलिपुरद्वारमा भाजपाको ऱ्याली औ सभा

dd788cd0-37ce-40d7-87a0-ec2a3feeac1e

कालचिनीः डुवर्सको बन्द चियाकमान खोलाउन र बन्द चियाबारीको श्रमिकहरूलाई सरकारी राहत किन दिँदैन भन्दै बिहीबार भाजपा राज्य सभापति डा. सुकान्त मजुमदारको नेतृत्वमा अलिपुरद्वार जिल्ला प्रशासनिक भवन डुवर्सकन्या परिसरमा भाजपाले जोरदार नाराबाजी चलाए। ऱ्याली अलिपुरद्वार बीएमसी मैदानबाट शुरु भएको थियो भने डुवर्सकन्या परिसरमा पुग्दा विशाल पुलिस वाहिनीले ब्यारिकेड लगाएर रोकेको थियो। यस अवधी ब्यारिकेड लगाएर बसेका प्रायः ३०० भन्दा अधिक पुलिसबलसँग झण्डै भाजपा समर्थकहरूको घम्साघम्सी चलेको थियो। पछि भाजपाको एक टोलीले अलिपुरद्वार जिल्ला शासक समक्ष पुगेर दाबी सुम्पिएको थियो।
यता ऱ्याली पश्चात भाजपाको सभामा राज्य सभापति डा. सुकान्त मजुमदारले सत्तारूढ़ तृणमूल सरकारको खोइरो खनेको थियो।
पत्रकारहरूसित सम्मुखिन हुँदा भाजपा राज्य सभापति डा. सुकान्त मजुमदारले सत्तारूढ़ तृणमूलले भाजपा समर्थकदेखि विधायक र सांसद विरुद्ध झुटो मुद्दा हालेर फसाउने काम गरिरहेको आरोप लगाए। तिनले तृणमूलले बन्द चियाकमान खोलाउन नचाहेको र अलिपुरद्वार जिल्लाको कालचिनी, राइमटाङ, दलसिंहपाड़ा लगायत मदारीहाट बीरपाड़ा खण्डको दलमोर आदि चियाबारीमा श्रमिकहरूको स्थिति बिग्रिन्दै गईरहेको तर प्रशासन चुप साधेर बसेको आलोचना गरे। चियाकमानमा एम्बुलेन्स नहुँदा श्रमिक परिवारहरू अस्पताल पुग्न नपाई मर्न परिरहेको र चिया पर्यटन नभएर आयश्रोतको अभाव कमाने मानिसहरूले खप्न परेको बताए। तृणमूल सांसद महुवा मैत्र, काकु आदि सम्बन्धमा कटाक्ष गर्दै एसएसकेएम अहिले तृणमूलका भ्रष्ट नेता मन्त्रीहरूको अभराण्य बनेको आरोप लगाए। सभा पश्चात भाजपा राज्य सभापति डा. सुकान्त मजुमदारले विभिन्न मण्डल कमिटीको प्रतिनिधिहरूसँग बैठक पनि गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *