हाउस फर अल आवास योजनालाई लिएर भागोप्रमो टोलीको भाइस चेयरम्यानसित बैठक

IMG-20240104-WA0237.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टाउन कमिटीको कार्यवाहक अध्यक्ष सन्दिप बलको अगुवाईमा एक प्रतिनिधि टोलीले खरसाङ नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानसित नगरपालिका कार्यालयमा सौहार्द्रपूर्ण वातावरणमा भेटघाट गरेको छ। वर्तमान समय खरसाङ नगरपालिकाले सरकारी आवास योजनाको हाउस फर अल (एचएफए) घरको लाभार्थीहरूको बनिरहेको घर वा बनिसकेको घरहरूमा सरकारी ड्याङलर(बोर्ड) लाउने कार्य भ‌ईरहेको छ। यो ड्याङलर लाउने कार्यले लाभार्थीहरु अन्योलमा परिरहेको थियो। यही कुरालाई बुझ्न यो भेटघाट कार्यक्रम गरिएको जानकारी प्राप्त भएको छ। नगरपालिकाको उपाध्यक्ष अनुसार यो सरकारी निर्देश अनुसार कार्य भ‌ईरहेको छ। यो सरकारी प्रक्रिया हो। त्यसर्थ लाभार्थीहरू निराश नभ‌ईदिने साथै घर निर्माण भ‌एको वर्ष र घर कतिसम्म निर्माण भ‌एको छ त्यसको आधारमा लाभार्थीहरूले रहल रकम सरकारको निर्देश अनुसार प्राप्त गर्न सक्ने कुरा राखेका छन्।

भागोप्रमोको यस टोलीमा खरसाङ टाउन कमिटीको कार्यवाहक अध्यक्ष सन्दिप बल, कार्यवाहक सचिव बिरबल पाख्रीन, सह सचिव सञ्जय मुखिया, कार्यकारिणी सदस्यहरु सन्तोष परी र विकास तामङ अनि नारी शक्ति उप सभापति पञ्चु बल र सह सचिव निर्मला बराईली उपस्थित थिए भनी कार्यवाहक सचिव बिरबल पाख्रीनले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement