अयोध्या श्रीराम भूमिबाट ल्याइएको पवित्र कलशलाई लिएर तीनधारेमा कलश यात्रा

IMG-20240104-WA0228.jpg

खरसाङ: अयोध्या श्रीराम भूमिबाट ल्याइएको पवित्र कलशलाई लिएर आज तीनधारे क्षेत्रमा कलश यात्राको आयोजना गरिएको छ। कलश यात्रा सञ्चालन समिति तीनधारेको आयोजनामा उक्त पवित्र कलश तीनधारेको ब्लु डाईमण्ड स्कूल परिसरबाट गैरी गाउँको मन्दिरसम्म निकालिएको छ। गत १७ दिसम्बरमा अयोध्याबाट ल्याइएको कलश आगामी २२ जनवरीको दिन खरसाङको राम मन्दिरमा प्रतिस्थापित गरिन अघि खरसाङके विभिन्न स्थानहरूमा भ्रमण गराइएको र यसै अवसरमा आज तीनधारे क्षेत्रमा परिदर्शन गराइएको छ। उक्त पवित्र कलश तीनधारेको गैरी गाउँस्थित मन्दिरमा आज राखेर भोलि शुक्रबार सत्र माइवको मन्दिरमा राखेर पुन: पर्सीको दिन खरसाङ लाने भएको छ भनी तीनधारेबाट अभिजित दासले जानकारी गराएका छन्। उनले बताए अनुसार उक्त कलशलाई ल्याएर गैरी गाउँको मन्दिरमा राख्नलाई पण्डित फणिन्द्र उपाद्ययद्वारा पूजा अर्चना गरेर राखिएको छ।

आजको कलश यात्रामा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, पञ्चायत सदस्य अजय विश्वकर्म लगायत अन्यहरू सामेल रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement