तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट: हिरो बजार तीनधारे सेमी फाइनलमा प्रवेस

IMG-20240104-WA0227.jpg

खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेस मैदानमा भईरहेको तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको दोस्रो क्वाटर फाइनल खेलमा हिरो बजार तीनधारेले मालुटारलाई पराजित गर्दै सेमी फाइनलमा प्रवेस गरेको छ। आज भएको दोस्रो क्वाटर फाईनल खेलमा हिरो बजारले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो। हिरो बजारको पक्षमा घोलेद्वारा सर्वाधिक २७, विवेक दर्नालले २६ र रोहणले २३ रन बनाएका थिए। १२३ रनको लक्ष्यलाई खेदो गर्दै मालुटारले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर केवल ६७ रन मात्र बनाउन सकेको थियो। मालुटारको पक्षमा ब्याटर निलेसले सर्वाधिक २२ रनको योगदान दिएका थिए। यस खेलमा ब्याटमा २६ रन अनि बलिङमा २ विकेट लिने हिरो हजारको खेलाड़ी रोहण दर्नाल म्यान अफ् द म्याच चयन भएका छन्। आजको खेल विषयमा आयोजक समिति ब्रदरवुड तीनधारेको पक्षमा शुभम प्रधानले विस्तृत रूपमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement