विधायक गोलेले गरे सोरेङमा वाणिज्यिक कर प्रभागको नयॉं कार्यालयकाे उद्घाटन

n57133661417043756120918c9caa1a9fc188ea59f46d5736ec6f1a193ba32348e25f163b5a9c499bd39cdd.jpg

गान्तोक: सोरेङ च्याखुङ समष्टिका विधायक आदित्य गोलेले आज सोरेङमा वाणिज्यिक कर प्रभागको नयॉं कार्यालय उद्घाटन गरे। यस अवसरमा खेल एवं युवा विकास बोर्डका सल्लाहकार एमएन सुब्बा, कौशल विकास विभागका चेयरमेन राजेन बस्नेत, जिल्ला पञ्चायत, ग्राम पञ्चायत, एडीसी, जिल्लाका विभागीय प्रमुखहरू तथा अन्यहरूको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रमलाई सम्बोधित गर्दै विधायक गोलेले जिल्लावासीहरूलाई बधाई दिए भने जिल्लावासीहरूको तर्फबाट मुख्यमन्त्री पीएस तामाङलाई धन्यवाद दिए। उनले सोरेङ जिल्लामा आफ्नै वाणिज्यिक कर प्रभाग हुनुको फाइदाहरूको बारेमा जानकारी गराए।

उनले जिल्लाको विकासको निम्ति प्रस्तावित भावि कार्य योजनामाथि प्रकाश पार्दै यसको सफल कार्यान्वयनको निम्ति सबैलाई मिलेर काम गर्न अपील गरे। विधायक गोलेले सम्बन्धित विभागलाई उपलब्धिको निम्ति बधाई दिॅंदै समुदायलाई राम्रो सुविधा प्रदान गर्न समन्वय राखेर काम गर्न आह्वान गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *