खरसाङकी छोरी आकी थामी स्वीटजरल्याण्डमा सम्मानित

IMG-20240104-WA0218.jpg

स्वीटजरल्याण्डमा पाएकी हबलोडको बहुमूल्य घढ़ी आईपुग्यो घर

खरसाङ: खरसाङको डाउहिल रोड निवासी बालकृष्ण थामी र पुष्प थामीकी कान्छी छोरी आकी थामीले गत केही महिना अघि स्वीटजरल्याण्डमा भएको एक प्रतियोगितामा ६ वटा देशहरूमध्ये भारतको लागि सर्वश्रेष्ठ पुरस्कार जितेकी थिइन्। उक्त पुरस्कारमा पाएको हबलोडको बहुमूल्य घढ़ी अहिले खरसाङ आईपुगेको छ। आकी थामीले स्वीटजरल्याण्डमा ६ वटा देशका प्रतिभागीहरूलाई उछिन्दै हबलोड डिजाइन पुरस्कारद्वारा सम्मानित बनेका थिए। उनले उक्त पुरस्कारमा ठूलो नगदराशिसहित हबलोडको बहुमूल्य घढ़ी, स्वीटजरल्याण्डमा नै बनिएको अर्ग्यानिक महको डिब्बा, एक बक्सा हबलोडकै चकलेट, महको चाकाबाट बनिएको मैनबत्ती प्राप्त गरेकी थिइन्।

उक्त पुरस्कारमध्ये हबलोडको बहुमूल्य घढ़ी घरकै माता पिताले ग्रहण गरून् भनी इच्छा राखेपछि स्वीटजरल्याण्डबाट दिल्ली हुँदै खरसाङ आई पुगेर माता पिताले प्राप्त गरेका थिए। उक्त हबलोडको बहूमूल्य घढ़ीको भारतीय मूल्यमा लगभग चार लाख रूपियाँ रहेको माता पिताले बताएका छन्। उक्त घढ़ीलाई आज आकी थामीका माता पिताले मिडियालाई जानकारी गराएका छन्। दुवैले छोरीले स्वीटजरल्याण्डमा पाएको पुरस्कार र घरमा आईपुगेको बहूमूल्य घढ़ी स्थानीय मानिसहरू र नानीहरूको साथमा प्रदर्शन गरेका थिए भने सबैले यसको लागि आकी थामीलाई बधाई पनि दिएका छन्। छोरी अाकी थामीले पाएको उक्त घढ़ी पुरस्कार विषयमा बोल्दै पिता बालकृष्ण थामीले स्वीटजरल्याण्डमा कान्छी छोरी आकी थामीले छवटा देशको सहभागीहरूलाई उछिन्दै उसको सामाजिक प्रभावमाथि पहिचान अनि त्यसलाई प्रोत्साहित गर्न उनको पदक्षेपको लागि उक्त अन्तर्राष्ट्रीय हबलोड पुरस्कार प्राप्त गरेकी बताएका छन्। यी पुरस्कारमध्ये हबलोडको ये बहूमूल्य घढ़ी अहिले घर आईपुगेको र यसको भारतीय मूल्यमा लगभग ४ लाख रूपियाँ रहेको बताएका छन्। बालकृष्ण थामीले बताए अनुसार हालमा छोरी निदरल्याण्डमा रहेको र उनलाई विभिन्न विषयमा पढ़ाउन विभिन्न देशहरूमा बोलाइने र पढ़ाउने गरेको बताएका छन्। अाकी थामीले आफ्नो कार्य अहिलेसम्म युरोपको विभिन्न देशहरू इंग्ल्याण्ड, इटाली, स्वीटजरल्याण्ड निदरल्याण्ड लगायत दक्षिण अफ्रिका, न्युजरल्याण्ड पनि गएर गरेको बताएका छन्। आकी थामीले मुम्बईमा धारावी आर्टको सीईओ भएर धेरै नानीहरूलाई शिक्षा दिने कार्य गरेको बताए। उनले नारीवादमाथि काम गर्दै भारतको विभिन्न शहरहरूमा सिस्टर लाईब्रेरी सञ्चालन गरेको पनि जानकारी गरावएका छन्। छोरी आकी थामीको सफलतामा पिता बालकृष्ण थामी र माता पुष्प थामीले खुशीले खुशी व्यक्त गर्दै हाम्री कान्छी छोरी आकी थामीले हामी परिवार मात्रै होइन तर सम्पूर्ण गोर्खा समाज र देशलाई नै गौरवान्वित बनाएको बताएका छन्।

छोरीको सफलतामा मुम्बईमा धेरैले खुशी भएर सम्मान जनाएको तर यता गोर्खा समाजले भने अहिलेसम्म यत्रो अन्तर्राष्ट्रीय स्तरमा सफलता पाएर पनि कसैले सम्मान नदिएकोमा दु:ख पनि व्यक्त गरेका छन्। दुवैले छोरीले हामीलाई धेरै ठूलो गौरव गर्ने र गर्व महसुस गराएको बताउँदै भविष्यमा स्थानीय गोर्खे समाजले अवश्य पनि मूल्यांकन गर्ने आशा व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *