सिलगढीः एशियन हाइवे–२ राष्ट्रिय राजमार्गमा उत्तर बङ्गाल मेडिकल कलेज नजिकै तीनपाङ्ग्रे मालताना गाडी र टोटो कार एक आपसमा ठोक्किँदा टोटोमा सवार तीनजना गम्भीर घाइते भएका छन् । सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइते तीनजना यात्रुहरूमध्ये एकजना रंगपानी क्षेत्रका बासिन्दा र उनको नाम तुलसी घोष रहेको र घाइते भएका अन्य दुईजना सजनी घोष र अतनु घोष रहेको खुलेको छ। तर यसमा टोटोलाई कुनै क्षति भने नभएको बताइएको छ । दुर्घटना भएको छ। तर तीनपाङ्ग्रे मालताना गाडी भने नराम्ररी क्षति पुगेको छ । घटनाको केही समयपछि पुलिस प्रशासनका केही अधिकारी घटनास्थल पुगेका थिए । पुलिसले घटनाको अनुसन्धान शुरू गरेको छ