सिलगढी: दुईवटा टोटो ठोक्किँदा तीन जना घाइते भएका घटना उत्तरबंग मेडिकल कलेज संलग्न एसियन हाईवे २ राष्ट्रिय राजमार्गमा घटेको हो। जानकारी अनुसार आज बिहान ९ बजी एउटा मालवाहक टोटो र यात्री बोकेको टोटो आपस्तमा ठोक्किँदा तीनजना घाइते भएका छन्। स्थानी मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगेको छ।यस दुर्घटनामा मालवाहक टोटो क्षतिग्रस्त बनेको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।