सिलगढी: गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा भक्तिनगर थानाको पुलिस र सिलगढी पुलिस आयुक्तालयको विशेष अपरेशन समूहले संयुक्त अपरेशनमा पूर्वी बाइपास नजिकै ३०० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गान्धी नगरका दीपक मण्डल र भूपेन्द्र नगरका अंकित शर्मा रहेका छन्। तीन सय ग्राम ब्राउन सुगरसहित दुवैलाई पक्राउ गरिएको छ।

स्रोतका अनुसार पक्राउ परेका अभियुक्तलाई आज जलपाईगुडी अदालतमा पेश गरिनेछ।