सिलगढीका ३९ वटा वार्डमा शुरु, वार्ड उत्सव “मल्लिका”

b9639c78-6373-4825-b58b-2666b6aca29f


सिलगढीः वार्ड उत्सव ‘मल्लिका’ बिहीबार बिहान सिलगढीको वार्ड नम्बर ३९ मा रंगीन जुलुसको साथ शुरू भयो। वार्ड उत्सव कार्यक्रमको उद्घाटन सिलगढी निगमका मेयर गौतम देवले गरेका थिए। कार्यक्रममा उपमेयर रञ्जन सरकार, अध्यक्ष प्रतुल चक्रवर्ती, जेपी कनोरिया, दुलाल दत्त, राजेश प्रसाद शाह (मुन्ना), प्रितिकाना विश्वास र स्थानीय ३९ वार्डका पार्षद पिंकी साहलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
वार्ड नम्बर ३९ को वार्ड महोत्सव दस दिनसम्म चल्ने वडा पार्षद पिङ्की साहले बताइन्। आजबाट शुरू भएको यो वार्ड महोत्सव जनवरी १३ समापन हुनेछ। वार्डका विभिन्न विद्यालयका विद्यार्थी तथा वार्डका बासिन्दाहरूको रंगारंग र्‍यालीमा सहभागिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement