अग्निपथ योजना अन्तर्गत सेनामा भर्ती ऱ्याली

नाम्ची: आज, भाइचुङ स्टेडियममा, अग्निपथ योजना अन्तर्गत सेनामा भर्ती ऱ्याली सम्पन्न भएको छ। उक्त ऱ्याली, कर्नल सन्दिप- एआरओ, सिलगढीको अध्यक्षतामा सम्पन्न भयो।

भारतीय सशस्त्र सेनामा भर्तीको निम्ति भारत सरकारले शुरू गरेको नयॉं प्रक्रिया हो अग्निपथ। यस प्रक्रियामा चयनित उम्मेदवारहरूलाई अग्निवीरको नामले चिनिने छन्। चयनित उम्मेदवारहरूको न्यूनतम सेवा अवधि चार वर्ष हुनेछ। त्यसपछि, चयनित २५ प्रतिशत उम्मेदवारलाई सेनामा स्थायी रूपमा भर्ती गरिने छ।

अग्निपथ योजनाको निम्ति १०औं श्रेणी उत्तीर्ण हुने छ। उम्मेदवारहरूले भर्ती प्रक्रियामा सामेल हुन अनलाइन आवेदन गर्नु पर्नेछ। इच्छुक उम्मेदवारहरूले आधिकारिक वेबसाइट @joinindianarmy.nic.in मा गएर आवेदन गर्न सक्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement