जलपाईगुडी: जलपाईगुडी जिल्लामा शीतलहर जारी छ। नयाँ वर्षको सुरुवातदेखि नै चिसोले जलपाईगुडी त्रसित छ। बिहीबार बिहानैदेखि जिल्ला कुहिरोले ढाकेको छ। यससँगै जिल्लाभर शीतलहर पनि चलिरहेको छ। आज बिहान हल्का घाम लागेपनि चिसोबाट बच्न मानिसहरु सडक छेउमा आगो बालिरहेका छन्। मौसम विभागका अनुसार जलपाईगुडीमा न्यूनतम तापक्रम ८ डिग्रीको आसपास रहेको छ।