जलपाईगुडीमा डिवाईएफआईको टर्च र्‍याली, ब्रिगेडमा आयोजित बैठकलाई सफल बनाउन अपिल

Screenshot_20240104_113411_WhatsApp.jpg

जलपाईगुडी: कोलकाता ब्रिगेड मैदानमा आयोजित इन्साफ यात्रालाई सफल बनाउन डिवाईएफआईद्वारा हिजो राति जलपाईगुडीमा टर्च र्‍याली निकालिएको थियो। जलपाईगुडी टाउन लोकल कमिटीको पहलमा, डिवाईएफआई जलपाईगुडी जिल्ला कार्यालय डिबीसी रोड अगाडि मशाल जुलुस निकालियो। जुलुसमा वर्तमान तथा पूर्व युवा आन्दोलनका नेता तथा सदस्य सहभागी थिए। डिबीसी रोड जिल्ला कार्यालयबाट सुरु भएको जुलुस शहरका विभिन्न परिक्रमा गरी डिबीसी रोड जिल्ला कार्यालयमा पुगेर समापन भएको थियो। गत दुई महिनादेखि कुचबिहारबाट सुरु भएको र राज्यका विभिन्न जिल्लाहरूको भ्रमण गरेको इन्साफ यात्रा २२ डिसेम्बरमा जादवपुरमा रंगारंग कार्यक्रमको साथ समाप्त भएको थियो। यस कार्यक्रमअन्तर्गत माघ ७ गते सबैभन्दा ठूलो भेला बोलाइएको छ। हिजो राति निकालिएको मशाल जुलुसको नेतृत्व जलपाईगुडी जिल्ला सचिव समूह सदस्य तथा स्थानीय समिति सचिव देवब्रत भौमिक, अध्यक्ष देवराज बर्मन, डिवाइएफआईजलपाईगुडी जिल्ला सचिव प्रदीप दे, सचिव समूह सदस्य सुभयु पाल, सागर भौमिक र अन्य नेताहरूले गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement