गोरुबथान सरकारी महाविद्यालयमा विद्यार्थी हप्ता उत्सवमा निशुल्क आँखा जाँच शिविर गरिने

IMG-20240104-WA0110.jpg

गोरुबथान: गोरुबथान सरकारी महाविद्यालयमा विद्यार्थी हप्ता २०२४ उत्सव पालन भइरहेको छ।यस उत्सवको क्रममा भोलि ५ जनवरी शुक्रबारको दिन गोरुबथान सरकारी महाविद्यालय परिसरमा निशुल्क आँखा जाँच शिविर राखिएको छ।माल बजार भिजन सेन्टर लायन्स क्लब माल बजार र गोरुबथान सरकारी महाविद्यालय एनएसएस इकाई १ को संयुक्त आयोजनामा समपन्न हुन गइरहेको यस आँखा जाँच शिविरमा सर्वसाधारणले भाग लिन सक्नेछन्।आँखा सम्बन्धि कुनै समस्या रहेमा भोलि समपन्न हुन गइरहेको निशुल्क आँखा जाँच शिविरमा आएर यसको फाइदा लिइ दिन हुन महाविद्यालयको पक्षबाट डा रितेस विश्वले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement