गान्तोकमा श्री रामोत्सव पालन गरिने

IMG-20240103-WA0249.jpg

गान्तोक: आगामी २२ जनवरीको दिन उत्तर प्रदेशको अयोध्यामा नवनिर्मत राम मन्दिरको प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा विधिवत उद्घाटन गरिँदै गर्दा यता गान्तोकमा पनि विविधि आध्यात्मिक कार्यक्रमको साथमा श्री रामोत्सव कार्यक्रम आयोजना गरिने भएको छ। यो कार्यक्रम राज्यका विभिन्न जात र धर्मावलम्वी समुदायहरूद्वारा आयोजना गरिएको हो। यसको निम्ति हिजो एउटा समन्वय सभा आयोजना गरिएको थियो जसमा विभिन्न समुदायका करिब ७० जना प्रतिनिधिले सहभागिता जनाएका थिए।

सभाले वरिष्ट नागरिक रमेश पेड़ीवालको अध्यक्षतामा एउटा समिति गठन गरेर २२ जनवरीको दिन भव्य रामोत्सव कार्यक्रम आयोजना गर्ने निर्णय लिएको हो। त्यस दिन अयोध्यामा हने राम मन्दिर उद्घाटनको कार्यक्रम एमजी मार्गमा सीधा प्रसारण गरिनेछ। यस अघि राजधानीका जीरो पोइन्टस्थित भानु उद्यानबाट एउटा भव्य शोभायात्रा पनि निकालिने भएको छ जन भानुपथ, तिब्बत पथ हुँदै एमजी मार्ग आएर विसर्जन हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *