सिलगढ़ी: सिलगढ़ीमा, बीएसएनएल कन्ट्रेक्टर्स वर्कर्स यूनियनका सदस्यहरूले अाज बीएसएनएल जनरल मेनेजरको कार्यालयको घेराव गरी प्रदर्शन गरे।
संगठनले दिएको जानकारी अनुसार, लगभग सैकड़ौं कन्ट्रेक्टर्स वर्कर्सको १४ महिनाको वेतन बाकी छ। यसलाई लिएर गत १३ जुलाईको दिन अधिकारीहरूको साथ एक बैठक पनि गरिएको थियो।
बैठकमा आगामी १० दिनभित्र समस्याको समाधान गरिने भनिएको थियो। अहिलेसम्म हामीलाई बाकी वेतनको भुकतान के कुनै प्रकारको कुनै आश्वासन पनि दिइएको छैन। जसले गर्दा आज एक पल्ट फेरि यूनियनका सदस्यहरूले विरोध प्रदर्शन गरिरहेका छन्। यदि हाम्रो बाकी वेतन अविलम्ब दिइएन भने आन्दोलन उग्र हुनसक्छ।