तृणमूलमा मतभेदको निम्ति अधीरले भाजपामाथि आरोप लगाए

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः लोकसभा चुनाउअघि पश्चिम बंगालको सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसमा भएको आपसी मतभेदको निम्ति कांग्रेसले भाजपालाई दोषी मानेको छ। कांग्रेसको पश्चिम बंगाल एकाईका अध्यक्ष अधीर रन्जन चौधरीले दाबी गरे, राज्यको सत्तारूढ़ तृणमूल कांग्रेसका वरिष्ठ एवं युवा नेताहरूबीच जारी गतिरोधको पटकथा भारतीय जनता पार्टी (भाजपा) ले लेखेको हो। मीडियाको एक वर्गसित विशेष चर्चामा उनले यो पनि आरोप लगाए कि आगामी दिनमा भाजपाले तृणमूल कांग्रेसका महासचिव अभिषेक ब्यानर्जीलाई पश्चिम बंगालको आगामी मुख्यमन्त्रो रूपमा पेश गर्नसक्छ।

सोमवार तृणमूल कांग्रेसको २७औं स्थापना दिवस समारोहबीच पार्टीको आन्तरिक मतभेद अघि आएको थियो। यसका वरिष्ठन ताहरूले अभिषेक यानजीमाथि कटाक्ष गरे, जसमा आगामी पीढ़ीका नेताहरूले तीखो प्रतिक्रिया व्यक्त गरे। यस बहसमा चौधरीले भने, जुन पनि नाटक चलिरहेछ, त्यसको पटकथा भाजपाले लेखेको हो। यदि कुनैदिन भाजपाले अभिषेकलाई आगामी मुख्यमन्त्रीको रूपमा पेश गऱ्यो भने अचम्म नमान्नु। यही कारण हो, ईडी (प्रवर्तन निदेशालय) र सीबीआई (केन्द्रिय अन्वेषण ब्यूरो) उनी विरूद्ध मौन भएको छ।

-हिस

About Author

Advertisement