कोलकाताः कोलकाता पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले मालदा जिल्लामा जाली नोट तस्करीको मास्टरमाइन्डलाई पक्राउ गरेको छ। उसको पहिचान ४२ वर्षीय सबीरूद्दीन मोमिन, कालियाचक थाना अन्तर्गत शेरशाही रानाचक निवासीको रूपमा गरिएको छ। तस्करबारे ३१ दिसम्बर राति पक्रा परेको मोहम्मद आजीरूद्दीन मोमिनले जानकारी दिएको थियो।
एसटीएफका उपायुक्त आईपीएस वी सोलमन नेशा कुमार अनुसार, आजीरूद्दीन पक्रा परेपछि आरोपितसित लगातार धपुछ भइरहेको थियो। उसैले मालदा जिल्लाको मास्टरमाइन्ड सबीरूद्दीनबारे जानकारी दियो, जसपछि मंगलवार अबेर साझँ उसको घरमा छापा मारियो। घटनास्थलबाट ४५ हजार रूपियाँको नकली नोट जफत गरिएको छ। उसलाई पनि पक्राउ गरी आरोपित विरूद्ध भारतीय दण्ड विधानको धारा १२० बी, ४८९ बी र ४८९ सी अन्तर्गत मामिला दर्ता गरी कानूनी कारबाही शुरू गरिएको छ।
-हिस