आर नर्मदाले ग्रहण गरिन् सिक्किमको महालेखापाल (लेखापरीक्षण) को पदभार

photocollage_202413201756996.jpg

गान्तोक: आर. नर्मदा, आईए एण्ज एएस- ले १ जनवरी, २०२४ देखि सिक्किमको महालेखाकार (लेखापरीक्षण) को रूपमा कार्यभार ग्रहण गरेकी छन्। यसअघि, नर्मदाले वाणिज्य लेखा परीक्षा, चेन्नईको प्रधान निर्देशक (वाणिज्यिक लेखापरीक्षा) को रूपमा सेवा गरिरहेकी थिइन्।

उक्त जानकारी पीआईबी सिक्किमले प्रेस विज्ञप्तिमा दिएको छ।

नर्मदासँग विभिन्न सार्वजनिक क्षेत्रको संस्था र संयुक्त राष्ट्र सङ्घ, परियोजना सेवाका लागि संयुक्त राष्ट्र कार्यालय आदि जस्ता अन्तरराष्ट्रिय संस्थाहरूमा लेखा र लेखा परीक्षणको व्यापक अनुभव छ।

उनले भारतको नियन्त्रक तथा महालेखा परीक्षक, नयाँ दिल्लीमा उप निर्देशक (तथ्य विश्लेषण केन्द्र) र इन्टरनेशनल सेन्टर फर इन्फर्मेशन सिस्टम एण्ड अडिट (आईसीआईएसए), नोएडामा निर्देशक (प्रशिक्षण) को रूपमा पनि काम गरिसकेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement