प्राइवेट कम्पनीसॅंग मिलेर अवैध शिक्षकहरूको नियुक्ति, केन्द्रिय एजेन्सीहरूको रिपोर्टमा खुलासा

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले आफ्नो रिपोर्ट एक दिन अघि मंगलवार कोलकाता हाई कोर्टमा सुम्पियो। सीबीआईको साथमा प्रवर्तन निदेशालय (ईडी) ले पनि रिपोर्ट दिएको छ। यसमा कसरी देशकै सबैभन्दा ठूलो भ्रष्टाचारमा सामेल बंगालको शिक्षक नियुक्ति भ्रष्टाचारलाई कार्य रूपमा उतारिएको थियो, त्यसलाई स्पष्ट गरिएको छ।

रिपोर्टमा भनिएको छ, रिक्त पद नहुॅंदा पनि रिक्त पदहरूको सृजन गरियो र त्यसमा उत्तर पुस्तिका जॉंचको निम्ति अगावै सेट गरिएको प्राइवेट कम्पनीलाई ठेका दिइयो। त्यहॉंबाट उत्तर पुस्तिकाहरूमा हेरफेर र सम्पूर्ण भ्रष्टाचारलाई अन्जाम दिइयो। दुवै केन्द्रिय एजेन्सीहरूले भिन्न—भिन्नै रिपोर्ट सीलबन्द लिफामा अदालतमा सुम्पेको छ। पश्चिम बंगाल प्राथमिक शिक्षा बोर्डको भर्तीमा कथित अनियमितताहरूमा अदालतलाई रिपोर्ट बुझाउॅंदै सीबीआईका वकीलले भने, यसमा स्पष्ट हुन्छ कि कसरी भ्रष्टाचारलाई कलाको रूपमा परिवर्तित गरिएको थियो। ईडीका वकील धीरज त्रिवेदीले भने, केन्द्रिय एजेन्सीले एउटा निजी कम्पनी लीप्स एण्ड बाउण्ड्सको ७.५ करोड रूपियॉं मूल्यको आठ सम्पत्ति जफत गरेको छ, किनकि उक्त राशि हेराफेरीबाट अर्जित गरिएको हुन सक्ने आशंका छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement