सिलगढी: अखिल भारतीय एक लाख पुरस्कार नगद टेनिस प्रतियोगिताको एकल क्वार्टर फाइनलमा वरीयता प्राप्त खेलाडीहरूले आफ्नो खेल सहजै जितेका छन्। शीर्ष वरीयताका ओडिशाका अमृत जय मोहन्तीले दिल्लीका अर्णव कपूरलाई ६-२, ६-१ ले हराए। दोस्रो वरीयता प्राप्त तेलंगानाका सुहित रेड्डी लंकाले पश्चिम बंगालका सरनव घोषलाई ६-२, ६-१ को सोझो सेटमा हराए। त्यस्तै तेस्रो वरीयता प्राप्त खेलाडी पश्चिम बंगालका फरदीन मोहम्मदले दिल्लीका आदित्य कोठारीलाई ६-२, ६-४ ले पराजित गरे। पाँचौं वरियताका महाराष्ट्रका राज जितेन्द्र बगदाईले कर्नाटकका प्रकाश सारनलाई ७–६(५) १६६२ ले पराजित गर्दै सेमिफाइनल खेल बिहीबार बिहान ९ बजेदेखि एसजीसीमा हुनेछ। फाइनल ५ जनवरी बिहान ९ बजेदेखि हुनेछl फाइनलमा सी सुधाकर पुलिस आयुक्त, सिलगढीले पुरस्कार प्रदान गर्नेछन्। कार्यक्रममा दार्जीलिङ र कालेबुङ रेन्जका डीआईजी डा. सन्तोष निम्बाल्करलगायत विभिन्न खेलकुदका व्यक्तित्वहरुको उपस्थिति रहने जिमखाना क्लबकी कार्यालय प्रबन्धक निशी गुरुङले जानकारी दिएकी छिन्।