मिरिक: सिद्धार्थ तथागत कला साहित्य संस्थान् उत्तर प्रदेश इटवा बजारद्वारा गठित चयन समितिका सदस्यहरूद्वारा प्रस्तावित नामहरूमध्ये नवाैं अन्तर्राष्ट्रिय तथागत सृजन सम्मान २०२४ काे घाेषणा गरिएकाे छ। उक्त सम्मान कार्यक्रममा मिरिकका नारी हस्ताक्षर डाक्टर कमला तामाङलाई अन्तर्राष्ट्रिय तथागत भूषण सम्मान २४ ले सम्मानित गरिने घाेषणा गरिएकाे छ भने कवि पत्रकार मुस्कान राई खेसहाङ, पत्रकार गजलगाे मनाेहर शर्मा, कथाकार, शिक्षक दीप प्रधान अनि सिने कलाकार सकिला गुरूङलाई अन्तर्राष्ट्रिय तथागत सृजन सम्मान पुरस्कारले सम्मानित गरिने भएकाे छ। संस्थाका अध्यक्ष डाक्टर भास्कर शर्माद्वारा उक्त घाेषणा गर्दै साहित्यकारहरूलाई उक्त सम्मानकाे लागि निमन्त्रणा गरिने जसकाे लागि मिति चाँढै तय गरिने बताइएकाे छ। डाक्टर भास्कर शर्माद्वरा जारी विज्ञप्तिमा उक्त सम्मान कार्यक्रममा वरिष्ठ साहित्यकार एवं आयकर आयुक्त गोरखपुर अमलेन्दुनाथ मिश्र(आईआरएस) एवं विशिष्ट अतिथिकाे रूपमा वरिष्ठ साहित्यकार एवं सीवान (बिहार)का अतिरिक्त जिल्ला न्यायाधीश प्रतिभा चौहान तथा नेपालका चर्चित साहित्यकार एवं सांसद डाक्टर रेखा यादव, डाक्टर कमला तामाङ (मिरिक-दार्जीलिङ), चर्चित लेखिका, अनुवादक एवं सिने कलाकार, डाक्टर रघुवीर शर्मा, सहायक निदेशक, राजभाषा (दिल्ली), डाक्टर ठाकुरप्रसाद चौबे, सञ्चालक, परिन्दे प्रकाशन (दिल्ली), चर्चित साहित्यकार एवं सहायक निदेशक, केन्द्रीय हिन्दी निदेशालय दिल्ली दिपक पाण्डेय, चर्चित लेखिका एवं सहायक निदेशक, केन्द्रीय हिन्दी निर्देशालय दिल्ली डाक्टर नूतन पाण्डेय लगायत देशभरिका विभिन्न क्षेत्रका स्रष्टाहरू उपस्थित रहने भएको छ। कार्यक्रमकाे उक्त घाेषणाप्रति डाक्टर कमला तामाङ, कवि पत्रकार मुस्कान राई खेसहाङ, पत्रकार एंव गजलगाे मनाेहर शर्मा, कथाकार एंव शिक्षक दीप प्रधान अनि सिने कलाकार सकिला गुरूङले हर्ष प्रकट गर्दै अन्तर्राष्ट्रिय तथागत सृजन सम्मान पुरस्कार चयन समितिप्रति आभार प्रकट गरेका छन्।









