चोरीका दुई छुट्टाछुट्टै घटनामा तीन पक्राउ, लाखौंको सामान बरामद

77837a51-9efc-47ab-8a51-1247fa12e54e


सिलगढीः चोरीका दुई छुट्टाछुट्टै घटनामा मटिगढा पुलिस थानाले तीन जनालाई पक्राउ गरेको छ । गत महिना ३० वास्तुविहार क्षेत्रका शत्रुघ्न सिंह नामका व्यक्तिको घरमा चोरी भएको थियो । पानी पम्प, काँसाका भाँडा, ग्यास सिलेन्डरलगायतका धेरै सामान चोरी भएको छ । घटना लगत्तै घरधनीले मटिगढा पुलिस थानामा लिखित उजुरी दिएका थिए ।
घटनाको अनुसन्धानपछि पुलिसले हिजो मटिगढा क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका दुई जनाको नाम मानव बर्मन र विप्लव रोय रहेको छ । दुवै पत्थरघाटा क्षेत्रका बासिन्दा हुन् । उनको घरबाट चोरीका सामान बरामद भएको छ ।
सोही क्रममा गत २२ झौगिरी क्षेत्रकी पल्लवी लामाको घरमा चोरी भएको थियो । कम्प्युटर, ग्यास सिलेन्डर, पानी पम्प लगायतका सामान चोरी भएको छ । हिजो पनि पुलिसले मटिगढा क्षेत्रबाट एक चोरलाई पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनालाई बुधबार सिलगढी अदालतमा पेश गरियो। घटनाको अनुसन्धान भइरहेको मटिगढा पुलिस थानाले जनाएको छ । चोरीका दुई घटनामा पुलिसले लाखौंको सामान बरामद गरेको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement