कोचबिहार जिल्ला निजी चालक संघले हिट एन्ड रन कानूनको विरोधमा टायर बालेर सडक अवरुद्ध

76466e1b-a080-4027-9852-06cec19ffc6d

कोचबिहारः हिट एण्ड रन यातायात कानूनको बिरूद्ध कोचबिहार जिल्ला निजी चालक संघले आज विरोध प्रदर्शन गरेको छ।
तृणमूल कांग्रेसको मजदुर युनियनद्वारा सञ्चालित यो संगठनले कोचबिहारको माँ भवानी चौपाथीमा टायर बालेर र सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेको थियो। चालक युनियनमा आवद्ध साना तथा ठूला सवारी साधनका चालकले यो नयाँ कानुनलाई कालो कानुन भन्दै नाराबाजी गरेका छन् । वास्तवमा केन्द्र सरकारले हिट एन्ड रन मुद्दामा १० वर्ष कैद र ७ लाख जरिवानाको व्यवस्था गरेको छ, त्यसको विरोधमा धेरै चालक सडकमा उत्रिएका छन् ।


सवारी चालकहरूले यो कानुन फिर्ता लिन सरकारसँग माग गरेका छन् । नयाँ कानुनअनुसार गलत वा लापरबाही गरेर सवारी चलाउँदा मृत्यु भएमा र चालक पुलिसलाई खबर नगरी घटनास्थलबाट फरार भएमा १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । यसबाहेक ७ लाख रुपियाँसम्म जरिवाना पनि हुनसक्छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement