अलिपुरद्वारः पश्चिम बंगाल ड्राइभर्स एसोसिएसनले नयाँ कडा हिट एन्ड रन कानूनको विरोधमा बुधबार असम सीमा नजिकै घोरमारामा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेको छ। राजमार्ग जामका कारण सर्वसाधारणले ठूलै समस्या भोग्नुपरेको छ । उत्तर–पूर्वी राज्यमा सामान बोकेका ट्रकहरू यो जामका कारण अलपत्र परेका छन् । दुवैतर्फ ट्रकको लामो लाइन लागेको छ । भुटानी यात्रुवाहक बस, निजी कार र अन्य सवारीसाधन पनि अलपत्र परेका छन् । केन्द्र सरकारले बनाएको नयाँ कानुनअनुसार सडक दुर्घटना गरेर भाग्ने चालकलाई १० वर्ष जेल र ७ लाख रुपियाँ जरिवाना हुने ट्रक चालकहरूले बताएका छन् । यसप्रति सबै चालकमा आक्रोश छ । केन्द्र सरकारले ल्याएको यो कानुनको विरोधमा चालकहरूले चर्को विरोध र नाराबाजी गरेका छन् ।