तेस्रो अन्तर जिल्ला महिला फुटबल टुर्नामेन्ट: हिमालय एफसी सजिजै सेमी फाइनलमा प्रवेस

photocollage_20241319818289.jpg

खरसाङ: खरसाङ फुटबल एसोसिएशनद्वारा आयोजित तेस्रो अन्तर जिल्ला महिला फुटबल टुर्नामेन्टको पाँचौ दिन आज स्थानीय चानमारी मैदान खरसाङमा हिमालयन एफसी र हिल्स फुटबल अकादमीमाझ खेल सम्पन्न भएको छ। आजको खेलमा मुख्य अतिथिको रूरमा खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री प्रधान उपस्थित थिए भने विशिष्ट अतिथिको रूरचपमा जीटीएको खेलकूद अनि युवा मामिला विभागको प्रभारी सभासद नवराज छेत्री, खरसाङ ब्याडमिन्टन एसोसिएशनका अध्यक्ष पेमेन्द्र गुरुङ, अधिवक्ता प्रतीक्षा प्रधान, केजीएचएसएका अध्यक्ष मोहन योञ्जन, उपाध्यक्ष फुर्बा लामा अनि सदस्य मोहन लामा उपस्थित रहेका थिए। आजको खेलमा हिमालयन एफसीले हिल्स एफसीलाई ० को विरुद्ध ४ गोल गरेले पराजित गर्दै हिमालयन एफसी सजिलै सेमी फाइनलमा स्थान बनाएका छन्।आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेकोमा हिमालय एफसीका शिवानी शर्मालाई प्लेयर अफ् द म्याच अधिवक्ता प्रतीक्षा प्रधानको बाहुलीबाट प्रदान गरियो भने खेलमा अंश ग्रहणको निम्ति स्मृति स्वरुप हिल्स फुटबल अकादमी दललाई सभासद नवराज छेत्रीको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरियो।

यस खेलमा मुख्य निर्णायकको रूपमा प्रतिक गुरुङ, सहायक निर्णायकमा प्रमोद प्रधान, सुरेन गुरुङ, फोर्थ अफिसियलमा सञ्जय थापा अनि दावा डोमा भोटिया रहेका थिए। अब भोलि ४ जनवरीको दिन पहिलो सेमी फाइनल खेल मिलन मोड अकादमी अनि आरभीके फुटबल अकादमी डुवर्समाझ खेलिनेछ भनी खरसाङ फुटबल एसोसिएशनको सचिव सुदिप राईले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement