सिलगढीः गत महिना भक्तिनगर पुलिस थानाले चोरीको मोटरसाइकलसहित सवारीसाधन तस्कर गिरोहका तीन सदस्यलाई पक्राउ गरेको थियो । यसैबीच अर्को ठूलो सफलता हासिल भएको छ। पक्राउ परेका चोरसँग सोधपुछपछि पुलिसले चोरीका थप ११ वटा मोटरसाइकल र स्कुटर बरामद गरेको छ।
गत १८ भक्तिनगर थानाले स्कुटर चोरीको मुद्दा दर्ता गरेको थियो भने ३० दिसम्बर २०२३ मा तीन स्कुटी चोरलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट चार स्कुटर बरामद भएको छ । हिरासतमा सोधपुछ पछि पुलिसले अब सिलगढीका विभिन्न स्थानबाट कुल ११ चोरीको स्कूटी र बाइक बरामद गरेको छ। र अन्य तीन चोर पक्राउ परेका छन्।