पंखाबारी लंगभ्यु अम्बटे समष्टि अन्तर्गत गाडीधुराको अमृत बस्ती र बमन पोखरीमा भागोप्रमोको बुथ कमिटी गठन

IMG-20240103-WA0201.jpg

खरसाङ: पंखाबारी लङ्भ्यु अम्बटे समष्टी अन्तर्गत गाडीधुराको बमन पोखरी र अमृत बस्तीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बुथ कमिटी गठन गरिएको छ। उक्त बुथ स्तरीय कमिटी गठन गर्न हेतु भारतीय गोर्खा प्रजातान्त्रिको एक जरुरी सभा समष्टि सभापति मनिराज डुम्जनको सभापतित्व सम्पन्न भयो। समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभालाई पार्टी केन्द्रीय समिति सदस्य सन्तोस तामाङ, रोशन विश्वकर्म, सोनिया देवन, मौसम छेत्री, मणिराज डुम्जन आदिले सम्बोधन गरेका थिए। सभालाई सम्बोधन गर्दै रोशन विश्वकर्मले विगत पञ्चायत चुनावमा पार्टीले हारको सामना गर्न परे पनि पञ्चायतमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बोर्ड गठन भएको कारणले पञ्चायतमार्फत् गाउँ घरको विकास गर्न सक्ने बताए। उनले आज पार्टीले जस जसलाई पनि पदमा चयन गर्छ उनीहरूलाई पनि सबैले सहयोग गर्न पर्ने सुझाव राखे। सभालाई सम्बोधन गर्दै मौसम छेत्रीले गाउँ घरको विकास गर्नलाई पहल गर्न गाउँ घर एकजुट भई कार्य गर्न सुझाव राखे। पार्टीको केन्द्रीय समिति सदस्य सन्तोष तामाङले पार्टीको निर्देश बमोजिम आज गाडीधुरादेखि नै बुथ कमिटीको गठन प्रक्रिया शुरु गरिएको जनाए। आज गठन हुन गइरहेको बुथ कमिटीले आफ्नो व्यक्तिगत विकास नसोचेर गाउँ घरको विकासको निम्ति सोच्न पर्ने सुझाव राखे। आजको सभाले जसलाई पदमा राख्छ उनीहरूले पार्टीको गरिमालाई ठेस पुराए पार्टीले उनीहरूलाई अनुशासनात्मक कार्वाही गर्न पनि पछि नहट्ने जनाए। पंखाबारी लंगभीऊ अम्बटे समष्टि अध्यक्ष साथै सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनले अमृत बस्तीको बाटोको निर्माण कार्य पञ्चायतमार्फत् चाँढै शुरु हुने जनाए। यसको साथै अमृत बस्तीलाई एउटा मोडल भिलेज बनाउने संकल्प पञ्चायतको रहेको पनि जनाए।

जीटीए प्रमुख कार्यपाल अनित थापाको कुशल नेतृत्मा पहाडमा २३ वर्षपछि पहाड़मा पञ्चायत व्यवस्था शुरू भएको पनि समष्टि सभापति मणिराज डुम्जनले जनाए। आज सम्पन्न सभामा बुथ कमिटीको अध्यक्षको पदमा निराज रूम्बा, सचिवको पदमा राज त्रिखत्री, कोषाध्यक्ष बसन्त रसाईली, उप-सभापति मौसम छेत्री, सोनिया देवान, सह सचिव रूद्र विश्वकर्म, बिमला राई, प्रमुख सल्लाहकारको रूपमा देवेन गजमेर, रोशन विश्वकर्म, सुमन छेत्री, मनबहादुर नौबाग, सागर शर्मा, टेकबहादुर छेत्री, आदिलाई सर्वसम्मतिले चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement