खरसाङ: ब्रदरवुड तीनधारेको आयोजनामा तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज सिविटार क्रिकेट क्लब र नवज्योति संघ चुनभट्टीमाझ सम्पन्न भएको छ। आजदेखि शुरु भएको पहिलो क्वाटर फाइनलमा चुनभट्टीले टस जितेर पहिला ब्याटिङ गर्दै १४ ओभर २ बलमा सबै विकेट गुमाएर ८४ रन बनाएको थियो। सिविटारको पक्षमा बिक्की तामाङ र दिनेश सेवाले ३-३ विकेट अनि अभिषेक गोयलले २ र प्रवेग छेत्रीले एक विकेट लिएका थिए। नवज्योति संघ चुनभट्टीक पक्षमा बिजेन्द्र प्रधानले १६, रञ्जन थापाले १५ र कप्तान रञ्जित थापाले १४ रन बनाएका थिए। ८५ रनको लक्ष्यलाई खेदो गर्दै सिविटारले ४ विकेटमा केवल ७९ रन मात्र बनाएको थियो। चुनभट्टीले ५ रनले खेल जितेर सेमी फाइनलमा प्रवेस गरेको छ। सिविटारको पक्षमा सत्यजीत राजपुतले ३०, अभिषेक गोयलले १७, बिक्की तामाङले ७ र कप्तान मौसम नेवारले १ रनको योगदान दिएका थिए। त्यसरी नै चुनभट्टीको पक्षमा बिजेन्द्र प्रधानले २, रञ्जन थापा र दिलसात अन्सारीले १-१ विकेट लिएका थिए। यस खेलमा ब्याटिङमा १६ रन र बलमा २ विकेट लिने चुनभट्टीको बिजेन्द्र प्रधान म्यान अफ् द म्याच चयन भएका छन्। आजको खेलमा निर्णायकको रूपमा राजीव प्रधान र विकास दास रहेका थिए। भोलि बिहीबार दोस्रो क्वाटर फाइनल खेल मालुटार र हिरो बजारमाझ सम्पन्न हुने भएको छ।

आजको खेल विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आयोजक समितिको पक्षमा शुभम प्रधानले विस्तृत रूपमा जानकारी गराएका छन्। उनले बताए अनुसार उक्त क्रिकेट टुर्नामेन्टमा विजेतालाई २५,०००(पच्चीस हजार) र उप विजेतालाई १५,००० (पन्ध्र हजार) नगदराशिसहित आकर्षक ट्रफी प्रदान गरिने भएको छ। उनले बताए अनुसार तीनधारे महानदी समष्टी स्तरीय उक्त क्रिकेट टुर्नामेन्टमा समष्टीका युवाहरूलाई विशेष प्राथमिकता दिइने र एक टिममा दुईजना खेलाड़ीहरू समष्टीदेखि बाहिरको पनि खेलाउन सकिने प्रावधान राखिएको छ। यस समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको फाइनल खेल आगामी १४ जनवरीको दिन हुने भएको छ।