गंगासागर गइरहेका राजस्थानका पुण्यार्थीको बाटैमा मृत्यु

rescue_1673876863.webp

काेलकाता: पश्चिम बंगालको दक्षिण २४ परगनास्थित प्रसिद्ध तीर्थ स्थल गंगासागर गइरहेका राजस्थानका एक पुण्यार्थीको बाटैमा मृत्यु भएको छ। मृतकको नाम ५५ वर्षीय गुमान सिंह बताइएको छ।

बुधवार जिल्ला पुलिस सूत्रहरूले यसको पुष्टि गर्दै मंगलवार अबेर सॉंझ सात बजी काकद्वीपको लट नम्बर आठ छेउ उक्त घटना घटेको बताएका छन्।

आगामी १४ जनवरी मकर संक्रान्तिको अवसरमा पुण्य स्नानको निम्ति देश विदेशका विभिन्न ठाउॅंहरूबाट ठूलो संख्यामा मानिसहरू गंगासागर पुग्न थालेका छन्। स्थानीय प्रशासन सूत्रहरू अनुसार, मंगलवार सॉंझ गुमान सिंह गंगासागर जानका लागि काकद्वीप पुगेका थिए तर उनी घाटमै लडे। त्यहॉं उपस्थित पुलिस र डिफेन्सका कर्मचारीहरूले उनलाई तत्काल काकद्वीप अस्पताल पुऱ्याए। अस्पतालमा चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए।

उल्लेख्य, हरेक साल गंगासागरमा देशभरिबाट आउने लाखौं पुण्यार्थी मकर संक्रान्तिको अवसरमा पुण्य स्नान गर्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement