भरत बस्नेत सिटिजन एक्सन पार्टीमा सामेल

IMG-20240102-WA0238.jpg

गान्तोक: सिक्किमका वरिष्ठ राजनीतिज्ञ भरत बस्नेत सिटिजन एक्सन पार्टीमा सामेल भएका छन्।

हिजो एक जनवरीका दिन सिटिजन एक्सन पार्टीमा सामेल हुने विषय सार्वजनिक गरेका भारत बस्नेत आज मंगलवार औपराचिक रूपमा पार्टीमा सामेल भएका हुन्।

सिटिजन एक्सन पार्टीले पाकिम जिल्लाको लागि आज आयोजन गरेको जनसभा अवधि पार्टीका अध्यक्ष एलपी काफ्ले र मुख्य संयोजक गणेश कुमार भरत बस्नेतलाई औपचारिक स्वागत जनाएका थिए। आजकै कार्यक्रम अवधि ७१६ जना थप मानिसहरू सामेल भएका पार्टीले दाबी गरेको छ।

आजदेखि सिटिजन एक्सन पार्टीमा सामेल भएका भरत बस्नेतले एक वर्ष अवलोकन गर्दा सिटिजन एक्सन पार्टी आफ्नो वचनमा खरो उत्रिएका कारण यो पार्टीलाई रोजेको बताए। झण्डा र नाराको झगडाले सिक्किमको राजनीतिक स्तर घटेर गएको साथै राज्य प्रसाशनको एकपक्षीय कार्यशैलीले सिक्किम सिक्किमेको नरहेको उनले बताए।

सरकारका गलत नीतिका कारण सिक्किम अस्तित्व संकटमा पुगेको छ भन्दै भरत बस्नेतले सिटिजन एक्सन पार्टी मात्र आम सिक्किमेहरूको हितमा काम गर्ने पार्टीका रूपमा खडा हुँदै गएको बताएका छन्। सिक्किमका वर्तमान मुख्यमन्त्री पीएस गोले संविधानलाई कुल्चिएर राजनैतिक षडयन्त्रबाट मुख्यमन्त्री बनेका आरोप लगाउँदै भ्रष्टाचारी व्यक्तिलाई भारत सरकारले बचाएर मुख्यमन्त्री बनाएको सिक्किमका जनताको सबै स्वतन्त्रतामाथि अन्याय भएको बस्नेतले दाबी गरे।

पुलिस प्रसाशनले केही दिनअघि सिटिजन एक्सन पार्टीका समर्थहरूलाई एमजी मार्गमा पस्नबाट पुऱ्याएको बाधाको तीखो आलोचना गर्दै सिक्किम सरकारले सिक्किमेको पक्षमा भन्दा एसोसिएशन अफ् ओल्ड सेटलर्स अफ् सिक्किमको पक्षधर भएर काम गरिरहेको आरोप लगाए। पूर्व र वर्तमान सरकारका कारण सिक्किमेली जनताका अधिकार र अस्तित्व संकटमा परेका छन भन्दै बस्नेतले खस्किंदै गरेको सिक्किमको सुरक्षालाई बचाउन सिटिजन एक्सन पार्टीले मात्रै काम गर्नसक्ने र यस पार्टीको सदस्य बनेर आफूले सिक्किमका लागि पूर्ण योगदान दिने भरत बस्नेतले बताएका छन्।

आज आयोजित जनसभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एलपी काफ्ले सिक्किममा अहिलेसम्म सरकार चलाउने राजनीतिक दलहरूले सिक्किमलाई बन्दक राखेर सिक्किम हरेक स्थितिबाट नाजुक अवस्थामा पुगेको छ भन्दै सिटिजन एकसन पार्टी सिक्किमलाई पुनरुत्थान गर्ने लक्ष्य राखेर गठन भएको बताए। पार्टीको सरकार गठन पनि कसरी सिक्किमलाई अघि बढाउने भन्ने सन्देश जनतामा दिन चुनाउअघि नै पार्टीले जनता समक्ष सेम्पल बजेट पेश गरेर पार्टीको आगामी कार्यशैली पेश गर्ने पनि उनले बताए।

आफ्नो सम्बोधनमा पार्टीका मुख्य संयोजक गणेश कुमार राईले पूर्व र वर्तमान सरकारका कार्यशैलीको तिखो आलोचना गरे। एसडीएफ र एसकेएम पार्टीको कारण सिक्किमले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पनि आज बदनामी झेल्नु परेको बताउँदै सिक्किमलाई सक्षम र भ्रष्टाचारमुक्त राज्य बनाउनका लागि सिटिजन एक्सन पार्टीलाई साथ दिन जनतालाई आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement