राम मन्दिर उदघाटनलाई लिएर रम्फूमा तयारी

IMG-20240102-WA0237.jpg

गान्तोक: आगामी २२ जनवरीको दिन अयोध्यामा निर्मित राम मन्दिरको उद्घाटन समारोहलाई अझ भव्यता र यादगार बनाउन सम्पूर्ण देशमा नै विशेषरूपमा तयारी चलीरहेको छ। यसरी नै रम्फू प्रवेशद्वारलाई पनि यसलाई आकर्षित तुल्याउने उद्देश्यले आज राम घाटमा राम भक्तहरुको एक बैठक समन्न भयो।समाजसेवी स्वामीनाथ प्रसादको अध्यक्षतामा बसेको बैठकमा विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत बुद्धिजिवीहरूको पनि उपस्थिति रहेको थियो। बैठकमा २२ जनवरीको दिन इंद्रकील प्रयाग देखि भव्य शोभायात्रा, भजन, किर्तन, झांकी आदि ठूलो पर्दामा अयोध्या राम मंदिर उद्घाटन को प्रत्यक्ष प्रसारण गरिने व्यवस्था मिलाउने भएको छ। यस ऐतिहासिक कायक्रमलाई सफल बनाउनको निम्ति विकास प्रसादको अध्यक्षतामा एक समिति गठन गरियो जसमा लक्ष्मी प्रसाद गुरागाई,भगवती अग्रवाल लगायत आदि रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement