मन्त्री लेप्चाद्वारा स्वास्थ्यको क्षेत्रमा गरिएको उपलब्धिबारे पुस्तिकाको विमोचन

IMG-20240102-WA0233.jpg

गान्तोक: २३ स्यारी समष्टि अन्तर्गत एसकेएम स्वास्थ्य प्रकोष्ठद्वारा विगत डेढ बर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा गरिएका विविध कार्यहरूलाई लिएर तयार पारिएको पुस्तिकाको आज क्षेत्र विधायक तथा स्वास्थ्य विभागका मन्त्री कुङ्गा निमा लेप्चाको बाहुलीद्वारा विधिवत रूपमा लोकार्पण गरियो। मन्त्री लेप्चाको सरकारी आवासमा सम्पन्न एक संक्षिप्त कार्यक्रममा यो पुस्तिका लोकार्पण गरियो। यस अवसरमा २३ स्यारी समष्टिको स्वास्थ्य प्रकोष्ठका प्रमुख संयोजक नरेश तामाङ लगायत स्वास्थ्य प्रकोष्ठका अन्य पदाधिकारीहरू उपस्थित थिए। पत्रकारहरूसँग कुरा गर्दै मन्त्री लेप्चाले मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल मार्गदर्शनमा विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरिएका पहलहरूको उल्लेख गर्दै स्यारी समष्टिमा भएका विविध विकासीय कार्यहरूबारे पनि जानकारी गराए। स्यारी समष्टिमा स्वास्थ्य प्रकोष्ठको तत्वावधानमा भएका निःशुल्क स्वास्थ्य शिविर लगायत स्थानीय जनतालाई उपलब्ध गराइएको विविध स्वास्थ्य सेवाबारे पनि मन्त्री लेप्चाले प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement