भारतीय राष्ट्रिय सहकारी दुग्ध महासंघ कार्यालयको शिलान्याससँगै एनसीडीएफआई ई-मार्केट अवार्ड २०२२-२३ समारोह सम्पन्न

IMG-20240102-WA0232.jpg

गुजरात: भारतीय राष्ट्रिय सहकारी दुग्ध महासंघको एनसीडीएफआई कार्यालय भवन अनि एनसीडीएफआई ई-मार्केट अवार्ड २०२२-२३ समारोह गत ३० दिसम्बरको दिन गुजरातको गाँधीनगरमा अवस्थित नेशनल फोरेन्सिक साइन्स युनिभर्सिटीमा सम्पन्न भयो।

यस समारोहमा केन्द्रिय गृह अनि सहकारी मन्त्री अमित शाह मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने गुजरातका मुख्यमन्त्री भुपेन्द्रभाइ पटेल अनि गुजरात विधानसभाका अध्यक्ष शंकर चौधरी विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए।

यस अवसरमा केन्द्रिय गृह तथा सहकारी मन्त्री अमित शाहले आफ्नो सम्बोधनमा पुरस्कृत दुग्ध सहकारी संस्थाहरुलाई बधाई दिँदै उनीहरुको बहुआयामिक लक्ष्यको प्रशंसा गरे। उनले दुग्ध उत्पादकको हितलाई अभिवृद्धि गर्न संस्थाहरुको भूमिकामाथि जोर दिए। उनले एनसीडीएफआईलाई डिजिटल क्रान्तितर्फ काम गर्न पनि प्रोत्साहित गरेका छन्। जानकारी गराइन्छ, विभिन्न दुग्ध सहकारी संघ र महासंघले गरेको योगदानको कदर गर्ने उद्देश्यले एनसीडीएफआई ई-मार्केट अवार्डको आयोजना गरिएको हो। उक्त अवार्ड समारोहमा भारतभरिका विभिन्न संघ र महासंघका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धन निर्देशकहरुको सहभागिता रहेको थियो। एनसीडीएफआई ई-मार्केट अवार्ड समारोह संगठनका अध्यक्ष डा. मंगलजीत राईको सक्षम नेतृत्वमा आयोजना गरिएको थियो। सिक्किम सहकारी दूध उत्पादक संघ लिमिटेड एनसीडीएफआईको पञ्जीकृत सदस्य हो। सिक्किम सी-अपरेटिभ मिल्क प्रोड्युसर्स युनियन लिमिटेडले ई-मार्केटिङको क्षेत्रमा गरेको योगदानलाई एनसीडीएफआई ई-मार्केट अवार्ड २०२२-२३ बाट सम्मानित गरिएको थियो। सिक्किम को-अपरेटिभ मिल्क प्रोड्युसर्स युनियन लिमिटेडका प्रबन्धन निदेशक डा. टीबी घतानीले युनियनको पक्षबाट सो अवार्ड ग्रहण गरेका थिए। यस्तो सम्मानले सिक्किम को-अपरेटिभ मिल्क प्रोड्युसर युनियन लिमिटेडलाई नयाँ आशा र ऊर्जाका साथ एनसीडीएफआईसँग ई-मार्केटिङको निरन्तरताका लागि प्रतिबद्ध रहन प्रेरित गरेको प्रबन्धन निदेशक डा. टीबी घतानीले विचार पोखेका छन्। डेयरी उत्पादनहरू, दुग्ध उपकरणहरू, पशु आहार, वार्षिक मरम्मति सम्झौता सेवाहरू, परामर्श सेवाहरू र यातायात सेवाहरू नियमित रूपमा यसको व्यापार पोर्टलमार्फत सञ्चालन गर्ने नेशनल को-अपरेटिभ डेयरी फेडेरेसन अफ इण्डिया एक शीर्ष संगठन हो। थप पारदर्शिताका लागि डेयरी उद्योगको पछि र अग्रिम लिङ्केज कायम गर्न ई-मार्केटिङलाई प्रोत्साहन गर्नु समयको आवश्यकता रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement