मुख्यमन्त्री तामाङले गरे इन्डिपेन्डेन्ट फेलोसिप अफ् बाइबल पेन्टीकोस्टल चर्चको उदघाटन

IMG-20240102-WA0231.jpg

गान्तोक: आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले जुम सालघारी क्षेत्र अन्तर्गत माबुङ सिगेङमा इण्डीपेण्डेन्ट फेलोसिप अफ् दी बाइबल पेन्टीकोस्टल चर्चेस अफ् सिक्किमको नवनिर्मित सेवालय भवनको विधिवत उद्दघाटन गरे। उनको आगमनमा स्थानीय चर्चका सदस्य, जुम सालघारी क्षेत्रका पार्टी समर्थकहरुले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई भव्य स्वागत जनाए। १९८७ मा शुरु भएको मण्डलीको नयाँ सेवालय भवन पास्टरहरुको समर्पणको प्रार्थनापछि मुख्यमन्त्रीको बाहुलीबाट विधिवत रूपमा उद्दघाटन गरियो।

आजको उद्दघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले स्थापनाको ३७ वर्षपछि नयाँ सेवालयको उद्दघाटनको निम्ति मण्डलीको सदस्य सबैलाई बधाई दिए। यसरी सुन्दर रूपमा चर्च भवनको निर्माणको निम्ति भूमिदान गर्ने साथै निर्माण कार्यमा जुट्ने सबै सबैलाई मुख्यमन्त्री तामाङले धन्यवाद दिए। उनले आफू यो क्षत्रका विधायक हुँदा स्थानिय जनताहरुसँग मिलेर गरेको विभिन्न विकाशीय कार्यहरूको सम्झना गरे। यो सँगै यो क्षेत्रको विकाश गर्नको निम्ति आफू स्वयंले मबुङ सिगेङ ग्राम पंचायत क्षेत्रलाई गोद लिएको पनि उनले बताए। यो सँगै मुख्यमन्त्री तामाङको बाहुलीबाट आज विभिन्न पास्टरहरुलाई सम्मान जनायो।

उक्त चर्चको उदघाटन समाप्ति पछि मूख्यमन्त्री तामाङले माबुङ सिगेंग ग्राम पंचायत क्षेत्रका जनतासँग भेट गर्दै तिनीहरूको जन गुनासो सुने। यो सँगै उनले सोरेङ जिल्लाका विभिन्न क्षेत्रका जनतालाई चेक अनि सहयोग राशिहरु हस्तान्तरण गरे। आगामी १०-११ जनवरीमा मुख्यमन्त्री तामाङले जुम सालघारी क्षेत्रका जनतासँग भेट गर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement