दार्जीलिङ: दार्जिलिङका पूर्व सांसद तथा क्रामाकपा केन्द्रीय कमिटी आरबी राई आज सिक्किमका पूर्व मुख्यमन्त्री पवन कुमार चामलिङकी ममतामयी आमा स्व आशारानी राईलाई श्रद्धाञ्जली अर्पण गर्न तथा शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्न दक्षिण सिक्किमस्थित याङगाङमा पुगेका थिए। उनको साथमा क्रामाकपा अध्यक्ष जेबी राई, महासचिव नर्बु लामा, प्रवक्ता अरुण घतानी केन्द्रीय सदस्य सुधन प्रधान आदि सहभागी रहेका थिए।

क्रामाकपाको उक्त टोलीले सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङलाई भेटघाट गरी शोक समवेदना प्रकट गरेका छन्।










