केन्द्रको भाजपा सरकारले गोर्खाहरूको लागि केही नगरेको भन्दै सिटिजन फोरमद्वाका पोस्टरिङ

IMG-20240102-WA0221.jpg

दार्जीलिङ: केन्द्रमा रहेको भाजपा सरकारले गोर्खाहरूलाई न्याय नदिएको र संकल्प यात्रामा उल्लेखित वचन पूरा नगरेको भन्दै आज दार्जीलिङमा सिटिजन फोरम दार्जीलिङले पोस्टरिङ गरेको छ। सिजिटन फोरमले गरेको पोस्टरिङमा भाजपा सरकारप्रति असन्तुष्टी झल्केको देखिएको छ। सिटिजन फोरमले पोस्टरहरूमा भाजपा सरकारले गोर्खाहरूलाई गरेको वाचा पूरा नगरेको र झूटको राजनीति गरेको उल्लेख गरेका छन्। फोरमले गरेको पोस्टरिङमा लेखिएको छ -‘गोर्खाहरूको दीर्घकालीन मांग छुट्टै राज्य गोर्खाल्याणप्रति ईमान्दार नरहेको केन्द्रको बीजेपी पार्टीलाई दार्जीलिङ तराई डुवर्स साथै गोर्खा बाहुल क्षेत्रमा यस पटक २०२४ को लोक सभा चुनावमा 15 वर्षसम्म झूटको राजनीति गर्ने भाजपा पार्टीलाई भोट मांग्ने कुनै अधिकार छैन।’

त्यसरी नै लेखिएको छ -‘२००९, २०१४ र २०१९ को चुनाव अवधि लागि संकल्प पत्रमा उल्लेखित गोर्खाहरूको मुद्दा गोर्खाल्याण्ड कहाँ गयो? मोदी सरकार जवाब देऊ!’ जस्ता कुराहरू लेखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement