सोनादा: समाजसेवी एंव नारी व्यवसायी डली गुरुङ (शारदा) लाई अल ईण्डिया गुरूङ (तमु) बुध्दिष्ट एसोसिएशनद्वारा सम्बर्ध्दना जनाइएको छ। उनलाई अल ईण्डिया गुरूङ (तमु) बुध्दिष्ट एसोसिएशन सिलगढी महकुमा कमिटी दार्जिलिङद्वारा तमु ल्होसार पर्व पालन गरिएको अवसरमा नै सम्बर्ध्दना दनाइएको छ। समाजसेवी एंव नारी व्यवासायी डली गुरुङलाई उनले सक्रिय रूपमा गरिरहेको समाज सेवा र संगठनप्रति पनि सक्रिय रूपमा गरेको सहयोगको लागि उक्त सम्बर्ध्दना जनाइएको छ। यस अवसरमा उनलाई अल ईण्डिया गुरूङ (तमु) बुध्दिष्ट एसोसिएशनको केन्द्रीय अध्यक्ष अनन्द तमुको बाहुलीबाट खदार्पणसहित सम्बर्ध्दना पत्र प्रदान गरेर सम्बर्ध्दना जनाइएको छ।










