जंगपाना चियाबारीमा समाज घर निर्माणको लागि भूमि पूजन सम्पन्न

IMG-20240102-WA0188.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको जंगपाना चियाबारीमा समाज घर निर्माणको लागि आज शिलान्यास गरिएको छ। अप्पर जंगपानामा रहेको आदर्श समाज परिवारको समाज घर निर्माणको लागि आज पूजा अर्चना गरिएको छ। उक्त समाज घरको शिलान्यास कार्य भागोप्रमोको ट्रेड युनियन खरसाङ महकुमा सभापति सागर र जंगपाना शाखाको सचिव सन्तोष गुरुङको उपस्थितिमा आदर्श परिवार जंगपानाको सचिव अजित राईको बाहुलीबाट भूमि पूजन र शिलान्यास गरिएको छ। उक्त समाज घरको निर्माण खर्च ३ लाख ८८ हजार ३ सय ९३ रूपियाँ रहेको छ। सन् २००० मा स्थापित यस अदर्श परिवार विषयमा बोल्दै आदर्श परिवार समाजको समाज घर नभएकोले धेरै असुविधा भईरहेको थियो। अब समाज घर बनिएपछि समाजलाई सुविधा हुने भएको छ।

उक्त भूमि पूजन र शिलान्यास कार्य विषयमा आदर्श परिवार समाज अप्पर जंगपानाको सचिव अजित राईले पत्रकारहरूसित कुराकानी गर्दै समाज घरको निर्माणको लागि पहल गर्दै आएको र जीटीएको चुनाव भएपछि क्षेत्रीय सभासदमार्फत् हामीले समाज घरको निर्माणको लागि निवेदन गरेको बताएका छन्। उनले अब समाज घर निर्माण हुने भएकोले सम्पूर्ण समाजको पक्षबाट जीटीए प्रमुख अनित थापा, क्षेत्रीय सभासद नवराज छेत्री, ट्रेड युनियन खरसाङ महकुमाको सभापति सागर गुरुङलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement