खरसाङ: खरसाङको वार्ड नम्बर ७ अन्तर्गत धोबी खोला छेउदेखि मिडल शेर्पा बस्तीसम्म जाने बाटोकाे निर्माण कार्यको थाल्नी खरसाङ नगरपालिकाद्वारा भएको छ। खरसाङ देवराली समष्टीको सभासद श्याम शेर्पा र खरसाङ खण्ड पञ्चायात समितिकाे सभापति अनु प्रधान साथै गाउँवासीकाे विशेष उपस्थितिमा पूजापाठ गरी सभासद श्याम शेर्पाको बहुलीबाट नरिवल फुटाएर कार्यकाे थालनी गरिएको जानकारी प्राप्त भएको छ। उक्त कार्य नगरपालिकाको अभियन्ता सञ्जय थापाकाे निगरानीमा सम्पन्न हुँदैछ भने ठेकेदार योगेश गुरुङ रहेको बताइएको छ।
यय कामबारे सभासद श्याम शेर्पाले जानकारी गराए अनुसार धोबी खोला छेउदेखि माथिल्लो गाउँ लोवर शेर्पा बस्ती निवासीहरुलाई यो बाटोले धेरै फाईदा हुनेछ कारण यो सटकर्ट बाटोले समयकाे बचत साथै मानिसहरूलाई सुविधा हुनेछ। तर बाटो बनाउने जग्गा नभएकोले झोडा छेउछाउ र झोडामाथिबाट बनाउने हुँदा धोबी खोला गाउँलेहरु यसको विरोध जनाएको थियो कारण बर्खा याममा झोडा बन्द भएर पानी सबै धोबी खोला गाउँतिर परेको र गाउँ नै सखाप हुने सम्भावना रहेकोले गाउँवासीकाे मनमा भय उत्पन्न भएकोले विरोध भएको थियो। उक्त बाटो सडकदेखि विगतमा नगरपार्षद श्याम शेर्पाले निर्माण गरिएको बाटो अरुण प्रसादकाे घरदेखि लोवर शेर्पा बस्तीकाे धारासम्म भएको बाटोसित जोडिने छ।

उक्त कार्यकाे पहल विशेष जीटीए चिफ् अनित थापाले भनेर द्वारे सरकार अन्तर्गत खरसाङ नगरपालिकाद्वारा सम्पन्न हुँदैछ। यसैले यस कार्यकाे लागि जीटीए प्रमुख अनित थापाप्रति आभार प्रकट गरिएको छ भनी वार्ड नम्बर मिडिया सेलकाे सदस्य दिपम थामीले जानकारी गराएका छन्।









