खरसाङ: खरसाङ फुटबल एसोसिएशनको आयोजनामा खरसाङको चानमारी खेल मैदानमा भईलटरहेको तेस्रो अन्तर जिल्ला महिला फुटबल टुर्नामेन्टको चौथो दिन आरभीकेएफए डुवर्स बनाम जेआर ३२ एफएमाझ सम्पन्न भयो। यस खेलमा मुख्य अतिथिको रूपमा अधिवक्ता एसपीपी सपना राई, महेश राई, अनि अधिवक्ता हेनतेन यल्मो उपस्थित थिए। यस खेलमा आरभीकेएफए डुवर्सले जेआर ३२ एफएलाई ५-३ को अन्तरले पराजित गरेको छ। यस खेलमा उत्कृष्ट प्रदर्शन गरेकोमा डुवर्सका गीता उराँवलाई प्लेयर अफ् द म्याच अधिवक्ता सपना राईको बाहुलीबाट प्रदान गरियो। यस खेलमा अंश ग्रहणको निम्ति स्मृति स्वरुप जेआर ३२ एफए दललाई अधिवक्ता हेनतेन यल्मोको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरियो।

यस खेलमा मुख्य निर्णायकको रूपमा प्रतिक गुरुङ्ग, सहायक निर्णायकमा दावा डोमा भोटिया, सुरेन गुरुङ, फोर्थ अफिसियलमा सञ्जय थापा अनि जयेस प्रधान उपस्थित रहेका थिए। अब बुधबार हुने खेल हिल्स फुटबल एकादमी अनि हिमालयन एफसीमाझ खेलिने जानकारी खरसाङ फुटबल एसोसिएशनको सचिव सुदिप राईले दिएका छन्।









