विपक्षको सभ्य आचरण केन्द्रलाई अपच्य भइरहेको छैन: डेरेक ओ ब्रायन

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः तृणमूल कंग्रेसका राज्यसभा सदस्य डेरेक ओ ब्रायनले फेरि एकपटक केन्द्रको नरेन्द्र मोदी सरकारमाथि प्रहार गरेका छन्। उनले आज भने, केन्द्रलाई विपक्षको सभ्य आचरण अपच्य भइरहेको छ। विपक्षका १४ जना सांसदहरू संसदबाट निलम्बित भएको अवस्थामा मङ्गलवार कटाक्ष गर्दै डेरेक ओ ब्रायनले भने, सायद सरकारले विपक्षी सदस्यहरूले पनि भारतीय जनता पार्टी (भाजपा)-का सांसद रमेश बिधूड़ी र बृजभूषण शरण सिंहले जस्तै बर्ताव गरोस् भन्ने चाहन्छ जसले दूराचारका आरोपहरूको सामना गरिरहेका छन्।

लोकसभामा विपक्षका लगभग सय अनि राज्यसभामा ४६ जना सांसदहरूलाई हालैमा संसदको शीतकालीन सत्र अवधि सदनबाट निलम्बित गरिएको थियो। उनीहरूले संसदको सुरक्षामा चूकको मामिलामा केन्द्रिय गृहमन्त्री अमित शाहले बयान दिनुपर्ने अनि चर्चा गराउनुपर्ने मागलाई लिएर दुवै सदनमा विरोध प्रदर्शन गरेका कारण निलम्बन गरिएको थियो। निलम्बित हुने सांसदहरूमा सामेल डेरेक ओ ब्रायनले सोशल मीडिया मञ्च एक्सको पोस्टमा सरकारलाई लक्षित गरे अनि लोकसभामा साम्प्रदायिक टिप्पणी गरेको आरोपी बिधूड़ी तथा छःजना महिला पहलवानहरूद्वारा लगाइएको यौन उत्पीड़नको आरोपको सामना गरिरहेका बृजभूषण शरण सिंहको उल्लेख गरे। बिधूड़ीविरूद्ध आरोपहरूको जाँच संसदको विशेषाधिकार समितिले गरिरहेको छ। राज्यसभामा तृणमूल कंग्रेसका नेता ओ ब्रायन लेख्छन्, संसदप्रति सबैभन्दा राम्रो व्यवहार गर्ने सांसदद्वय रमेश बिधूड़ी र बृजभूषण सिंहले लोकसभाको शओभा बढ़ाइरहेका छन्। सायद मोदी सरकार चाहन्छ कि विपक्षमा बसेका हामी सबैले संसदबाट निलम्बन हुनदेखि बच्नका लागि उनीहरूले जस्तै बर्ताव गरोस्। उल्लेखनीय छ, विपक्षका अधिकांश सांसदहरूलाई शीतकालीन सत्रको लगि निलम्बित गरिएको थियो भने गत २९ दिसम्बरमा सत्रको अवसानसितै उनीहरूको निलम्बन रद्द गरिएको थियो। यद्यपि राज्यसभाका ११ जना अनि लोकसभाका तीनजना सदस्यहरू अहिले पनि निलम्बित नै छन्। अहिलेसम्म पनि निलम्बित सांसदहरूले आगामी बजेट सत्रमा भाग लिन्छन् कि लिँदैनन् त्यसबारे अहिले नै केही स्पष्ट हुन सकेको छैन।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement