नक्सलबारी अस्पतालमा आइपुगे अचानक जिलाशासक

Capture4.png

नक्सलबारी: आज जिल्लाशासक प्रीति गोयलले नक्सलबारी अस्पतालको अचानक छड्के भ्रमण गरिन्। जिल्लाशासकले नक्सलबारी ग्रामीण अस्पतालको आउटडोर परिसेवा, मेडिसिन विभाग, इनडोर विभाग सहित अस्पतालको विस्तृत जानकारी लिइन्। यस अवसरमा जिल्लाशासकसित सिलगढी महकुमा परिषदका एइओ, नक्सलबारीका बीडीओ उपस्थित थिए। जिल्लाशासक प्रीति गोयलले भनिन्, आज नक्सलबारी अस्पतालको विभिन्न विभागहरूको भ्रमण गरे। अस्पतालमा यदि कुनै समानको आवश्यक परेको खण्डमा आफूलाई जानकारी गराउनेबारे डाक्टरहरूलाई सूचित गरेको छु। अस्पतालमा कुनै खराबी छैन सबै ठिकै छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement