तृणमूलमा युवा बनाम बुजुर्गको लड़ाईबीच स्थिति सम्हाल्नमा जुटिन् ममता

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः पश्चिम बंगालको सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसमा युवा बनाम बुजुर्ग नेताहरूबीच चलिरहेको युद्धमा अब स्वयं मुख्यमन्त्री ममता ब्यानर्जीले डेमेज कन्ट्रोलको प्रयासहरू शुरू गरेकी छऩ्। तृणमूल कांग्रेसका एक वरिष्ठ नेताले मंगलवार जानकारी गराए, सीएमले स्पष्ट रूपमा पार्टीको हरेक स्तरका नेताहरूलाई यस मामिलामा अनावश्यक बयान दिनु नहुने सुझाउ दिएकी छन्, जसमा नयाँ बनाम पुरानोबीच विवाद चलिरहेको सन्देश जाओस्। यसको शुरूआत सर्वप्रथम अभिषेक ब्यानर्जीसित गरिएको छ। ०१ जनवरीको दिन तृणमूल कांग्रेसको स्थापना दिवसको अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीले अभिषेक ब्यानर्जीको साथ छुट्टै बैठक गरेकी छन्। दुवैको बैठक सीएमको आवासमा भएको छ। पार्टीका एक वरिष्ठ नेताले भने, दुवैबीच लगभग २ घण्टासम्म बैठक भयो।

यद्यपि, यो सौजन्य भेट थियो किनभने सालको पहिलो दिन थियो र पार्टीको स्थापना दिवस पनि तर ममताको आवासमा पहिलेदेखि अन्य धेरै नेताहरू थिए। सीएमले अभिषेक ब्यानर्जीलाई लोकसभा चुनाउ नजिक छ र पार्टीभित्र नयाँ बनाम पुरानोको युद्ध हुनु हुँदैन भनी सुझाउ दिइन्। दुवै स्तरका नेता राष्ट्रिय स्तरमा लड़ाईको निम्ति जरूरी छन्। ममताले अभिषेकलाई भनिन्, बुजुर्ग नेताहरूको अनुभव र नताँ नेताहरूको जोशबाटै तृणमूल कांग्रेसको भविष्य हुनेछ। यस्तो स्थितिमा यस प्रकारको युद्धमाथि तत्काल विराम लगाउनुपर्छ। पार्टीमा उनका जुन समर्थक नेता छन्, उनीहरूलाई यस विषयमा सचेत गरियोस्।

-हिस

About Author

Advertisement