बंगाल भाजपाको अहम सांगठनिक बैठक बुधवार

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः पश्चिम बंगाल भाजपाले यस वर्ष हुने लोकसभा चुनाउलाई ध्यानमा राख्दै राज्यमा पार्टीका सबै मोर्चाहरू र जनसंगठनहरूलाई सक्रिय गर्ने उद्देश्यले बुधवार एक महत्वपूर्ण संगठनात्मक बैठक गर्नेछ। पार्टीको राज्य कार्यकारिणीको एक सदस्यले भन्यो, प्रस्तावित बैठकलाई ”संयुक्त मोर्चा बैठक” को नाम दिइएको छ। जहाँ राज्य समितिका नेताहरू बाहेक विभिन्न मोर्चाहरूका पदाधिकारीहरू पनि उपस्थित रहनेछन्। यद्यपि, भाजपाको राज्य एकाईका प्रमुख सुकात मजूमदारले यसलाई पार्टीका सबै मोर्चाहरूको नेतृत्वको साथ एक नियमित बैठक ठहर गर्दै भने, लोकसभा चुनाउअघि यस्ता बैठकहरू प्रायः आय़ोजित गरिनेछ।

गृहमन्त्री अमित शाहद्वारा पश्चिम बंगालका ४२ लोकसभा सीटहरूमध्ये कम्तीमा ३५ सीट जित्ने लक्ष्य निर्धारणलाई ध्यानमा राख्दै पार्टीको राज्य समिति र यी पार्टी मोर्चाहरूको नेतृत्वबीच बलियो समन्वय सुनिश्चित होस्। यस दृष्टिले बुधवारको बैठक महत्वपूर्ण हुनेछ किनभने यसले मुख्य रूपमा यस समन्वित दृष्टिकोण प्रक्रियामाथि ध्यान केन्द्रित गर्नेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement