बीएसएफले भारत-बांग्लादेश सीमा क्षेत्रबाट दुई अफगानी नागरिकलाई समायो

कोचबिहारः जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको जलपाइगढ़ी सेक्टर अन्तर्गत ९८औं बटालियन सीमा सुरक्षा बल (बीएसएफ) को बर्डर आउट पोस्ट (बीओपी) चेङराबान्धाका सतर्क सीमा जवानहरूले दुई अफगानी नागरिकिहरूलाई घुसपैठ गर्दै गरेको समाएका छन्। पक्रा परेका अफगानी नागरिकहरूको नाम निजाम उद्दीन र अहमद खान उर्फ मोहम्मद शाह मोराद हो। दुवै अफगानिस्तानको यूसुफ कलायको निवासी हुन्।

प्राप्त जानकारी अनुसार, चेङराबान्धाका सतर्क सीमा जवानहरूले दुई संदिग्ध व्यक्तिहरूलाई मेखलीगंज थाना अन्तर्गत पानीसाला मोडमा खड़ा देखे। यसपछि उनीहरूबारे सोधपुछ गरियो तर दुवैले कुनै सन्तोषजनक जवाफ दिन सकेनन्। यसपछि दुवैसित गहन सोधपुछ गर्दा उनीहरूले आफअनो पहिचान अफगानी नागरिकको रूपमा दिए। उनीहरूले खुलासा गर्दै भने, ३० दिसम्बरमा उनीहरू ढाकादेखि बसमा पटग्राम आए औं बांग्लादेशको सीमावर्ती क्षेत्रमा पुगे। जसपछि ३१ दिसम्बरमा मध्यरातमा दलालहरूले उनीहरूलाई कुचलीबारीको सामान्य क्षेत्रबाट भारत-बांग्लादेश सीमा नाघ्नमा मद्दत गरे।

यस बाहेक मंजुरूल नाम गरेको एक भारतीय नागरिकले उनीहरूलाई बस स्ट्याण्डमा ल्यायो, जहाँबाट उनीहरू बसमा चेङगराबान्धाको सामान्य क्षेत्रमा पानीसाला मोड पुगे। उनीहरूले कोलकाताको यात्रा गर्न एनजेपी रेलवे स्टेशन जाने योजना बनाइरहेका थिए। उनीहरूदेखि ४९३० अफगानी मुद्रा, ४२०० अमेरिकी डलर, ४००० भारतीय रूपियाँ र दुई मोबाइल फोन जफत गरिइएको छ। उनीहरूलाई अघिको कारबाहीको निम्ति मेखलीगंज थानालाई सुम्पिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement