मिरिक: मिरिक महकुमा अन्तर्गत सौरेनी ग्राम पञ्चायत दुईमा पर्ने पुटुङस्थित खप्रेल गाउँदेखि केही माथि रहेको पिकनिक स्पर्टलाई सुन्दरीकरण गर्ने भएको छ। गत चार-पाँच वर्षअघि मिरिक खण्डका तत्कालीन खण्ड अधिकारी अमिताभ ब्यानर्जी र मिरिक एसडीओले उक्त स्थानलाई मन पराएर पिकनिक स्पर्ट बनाउने सोच राखेका थिए भने सयदिने कामअन्तर्गत उक्त पिकनिक स्पर्ट निर्माणको काम पनि शुरू भएको थियो। तर, सयदिने कामहरू बन्द भएपछि यो पिकनिक स्पर्टको कार्य पनि बन्द भएको हो। उक्त पिकनिक स्पर्टको काम पुनः शुरू गराउनको निम्ति मङ्गलबार मिरिक खण्डका बर्तमान खण्ड अधिकारी श्रीया श्री माईती, मिरिक महकुमा पञ्चायत समितिका सभापति कैलाश खवास, ईन्जिनियरिङ बिभागबाट आएका पदाधिकारीहरू, सौरेनी ग्राम पञ्चायत दुईका पञ्चायत सदस्यहरू रगु तामाङ, कृष्ण तामङ, पञ्चायत एकका पञ्चायत सदस्य मनदीप तामङले क्षेत्रको निरक्षण गरे। उनीहरूले केही दिन भित्रमा यस पिकनिक स्पर्टको कार्य शुरू गरिने र पिकनिक स्पर्टलाई सुन्दरीकरण गर्ने कार्य योजनाबद्ध रूपमा अघि बढ्ने बताए। उल्लेखनीय छ, यो पिकनिक स्पर्ट निमार्णको कार्य अधुरो नै रहे तापनि यहाँ धेरै टाडा टाडाबाट पिकनिक खेल्न मानिसहरू आउने गर्छन्। उनीहरूले यहाँ पिकनिक खेल्नका साथै यहाँको हरियाली बनजंगल र प्रकृतिको मनोरम दृश्यहरूको आनन्द उठाउने गर्दछन्।










